समाचार सुन्नुहोस :
काठमाडौँ – सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित भएको छ। दुई दिनसम्म भएको छलफलपछि राष्ट्रिय सभाले नीति तथा कार्यक्रमलाई समर्थन जनाएको हो।
यसअघि, प्रतिनिधि सभामा पनि उक्त नीति तथा कार्यक्रमलाई सभामुख देवराज घिमिरेले ध्वनी मतका आधारमा पारित भएको घोषणा गरेका थिए। विपक्षी दलका सांसदहरूले पेश गरेका धेरैजसो संशोधन प्रस्तावहरू भने अस्वीकृत गरिएका छन्। ती प्रस्तावहरू पनि ध्वनी मतबाटै अस्वीकृत भएको सभामुखले जनाएका थिए। सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा वैशाख २२ गते प्रस्तुत गरेका थिए। त्यसपछि संसदमा व्यापक छलफल सुरु भएको थियो।
आजैको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए। नीति तथा कार्यक्रम संसदबाट पारित भएसँगै, अब सरकार जेठ १५ गते संघीय संसद्मा आगामी वर्षको बजेट प्रस्तुत गर्ने तयारीमा छ।