Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025

टोकियो – केन्द्रीय जापानको आइची प्रान्तको तहारा सहरमा आफ्ना हजुरबुबा र हजुरआमाको निर्मम हत्या गरेको अभियोगमा १६ वर्षीय एक किशोरलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रहरीका अनुसार, ती उच्च विद्यालय तहका विद्यार्थीमाथि शुक्रबार बिहान करिब २ बजेतिर ७५ वर्षीय हजुरबुबालाई छुरा प्रहार गरी हत्या गरेको आशंका छ । साथै, सोही घरमा ७२ वर्षीया हजुरआमाको शव समेत फेला परेको प्रहरीले जनाएको छ । पीडित दम्पती, अभियुक्त किशोर र अन्य दुई सदस्य सहित पाँच जनाको संयुक्त बसोबास रहेको थियो ।

प्रहरी अनुसन्धानमा ती किशोरले हजुरबुबाको हत्या आफैंले गरेको स्वीकार गरेका छन्।  साथै, हजुरआमाको हत्या पनि आफूले नै गरेको संकेत दिएका छन् । दुवैको शवमा छुरा प्रहारका गहिरा र पटक-पटकका चोटहरू देखिएको प्रहरीले जनाएको छ ।

घटनापछि करिब बिहान ४:४० बजेतिर किशोरले आफ्ना हजुरबुबा-हजुरआमा शयनकक्षमा मृत अवस्थामा भेटिएको भन्दै परिवारका एक सदस्यमार्फत प्रहरीलाई खबर गरिएको थियो ।

पीडित र अभियुक्तको नाम उमेरको गोपनीयतालाई ध्यानमा राख्दै सार्वजनिक गरिएको छैन । घटनाको अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया