Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २७, २०८२
Saturday, May 10, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रुपमा प्रश्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता भएको बताएका छन्। नेपाल प्रेस युनियनद्वारा आयोजित ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन समारोहमा बोल्दै उनले धार्मिक, राजनीतिक र राज्य शक्तिमाथि सामाजिक सञ्जालबाट हुने प्रहारले प्रेस स्वतन्त्रता बदनाम बनाइरहेको बताए।

उनका अनुसार, प्रेस स्वतन्त्रता बलियो भए मात्र प्रजातन्त्र बलियो हुन्छ। तर अहिलेको अवस्थामा युवाहरु राजतन्त्रतर्फ आकर्षित भइरहेको देखिँदा प्रेसले गणतन्त्रको संस्थागत विकासमा अझ जिम्मेवार भूमिका खेल्नुपर्ने आवश्यकता रहेको उनले बताए। मन्त्री गुरुङले जलवायु परिवर्तनको असर बढ्दो रहेको उल्लेख गर्दै सञ्चार जगतले त्यसबारे जनचेतना फैलाउनुपर्ने बताए। उनले विकास निर्माणका कार्यहरु प्राकृतिक संरक्षणलाई बेवास्ता गरेर अघि बढ्दा दीर्घकालीन समस्या निम्तिन सक्ने चेतावनी पनि दिए।

उनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ बाट जलवायु परिवर्तनसम्बन्धी सुझावले सरकारलाई सोच्न बाध्य बनाउने विश्वास व्यक्त गरे।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया