Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २७, २०८२
Saturday, May 10, 2025

काठमाडौं – भारत-पाकिस्तानबीच चुलिँदो द्वन्द्वका सन्दर्भमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल सरकार र नेतृत्वलाई गम्भीर चनाखो बन्न सार्वजनिक आह्वान गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै सार्कको अध्यक्ष मुलुकको हैसियतले नेपालले क्षेत्रीय शान्तिका लागि निर्णायक र स्पष्ट भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘आतंकवाद नियन्त्रणतर्फ कडा धारणा राख्दै युद्धको चाँडो अन्त्यको पहल गर्न नेपाल अग्रसर हुनुपर्छ,’ महामन्त्री शर्माले भने, ‘नेपाल युद्धको केवल दर्शक बन्न सक्दैन । यो परीक्षामा हाम्रो नेतृत्वले देशलाई उत्तीर्ण गराउन सक्नुपर्छ ।’

महामन्त्री शर्माले विदेशमा विशेषगरी भारत र पाकिस्तानमा रहेका हजारौँ नेपालीहरू श्रम, अध्ययन तथा व्यवसायमा संलग्न नागरिकहरूको सुरक्षामा प्राथमिक ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । उनले भने, ‘जोखिम क्षेत्रका लागि सूचना र सम्पर्क नेटवर्क स्थापना गर्दै काठमाडौँ, दिल्ली र इस्लामाबादमा सरकारले रेस्क्यू डेस्क निर्माण गरोस्। जोखिममा परेका नेपालीहरूलाई स्वदेश फर्काउने सहजीकरण गर्नु राष्ट्रको पहिलो कर्तव्य हो ।’

त्यस्तै, उनले युद्धले नेपालमा पार्न सक्ने सम्भावित प्रभावबारे सचेत गराउँदै समयमै तयारी गर्न आग्रह गरेका छन् । ‘भारत-पाकिस्तान युद्ध लम्बिएमा आयात, बजार मूल्य, अन्तर्राष्ट्रिय उडान, पर्यटन, बाह्य व्यापार र समग्र अर्थतन्त्रमा गम्भीर असर पर्न सक्छ,’ उनले भने, ‘त्यसलाई सामना गर्न संघीय, प्रदेश र स्थानीय सरकारहरूले उच्चतम तयारीको क्षमता देखाउनुपर्छ ।’

तपाईको प्रतिक्रिया