Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख २९, २०८२
Monday, May 12, 2025

काठमाडौं – नेपालस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई नेपाल-भारत सीमावर्ती क्षेत्रमा नजान आग्रह गरेको छ । सुरक्षा सतर्कता बढिरहेको जनाउँदै दूतावासले सम्भावित जटिलताबाट जोगिन आग्रह गर्दै सावधानी अपनाउन भनेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

दूतावासले आफ्ना नागरिकहरूलाई लक्षित गर्दै आफ्नो आधिकारिक वीच्याट च्यानलमार्फत सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘नेपाल र भारत दुवैले सीमाक्षेत्रमा सुरक्षा निगरानी कडा बनाएका छन्, त्यसैले व्यक्तिगत लापरबाहीले भारतीय भिसा बिना भारतीय भूमि प्रवेश गर्ने गल्ती नगर्नुहोस् ।’

चिनियाँ दूतावासको चेतावनी यस्तो समय आएको हो, जब हालै केही चिनियाँ नागरिकहरू नेपाल-भारत खुला सीमा हुँदै भारततर्फ प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए। स्रोतका अनुसार रक्सौल नाका क्षेत्रमा यस्ता घटना दोहोरिने क्रम बढेको छ ।

नेपाल र भारतबीच खुला सीमा व्यवस्था रहेकाले दैनिक सयौँ मानिस आवतजावत गर्छन् । तर हाल भारत-पाकिस्तानबीचको बढ्दो कूटनीतिक तनावका कारण भारतले सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाएको छ । यसको प्रत्यक्ष असर नेपालसँगको सीमा नाकामा पनि देखिन थालेको छ ।

यस्ता संवेदनशील समयहरूमा विदेशी नागरिकहरू, विशेषगरी बिना भिसा सीमाबाट पार जानेहरूको अवस्थालाई भारतले गम्भीर रूपमा लिने गरेको छ । चिनियाँ दूतावासले त्यही संवेदनशीलतालाई ध्यानमा राख्दै आफ्ना नागरिकलाई चेतावनी दिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया