Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ १२, २०८२
Sunday, May 25, 2025

सामाजिक संस्था भन्नाले समाजको हितका लागि निःस्वार्थ सेवा गर्ने एक महत्वपूर्ण माध्यम बुझिन्छ । यी संस्था शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, विपद् व्यवस्थापन, बालअधिकार, वातावरण संरक्षण जस्ता जनजीवनसँग गाँसिएका विषयमा क्रियाशील हुन्छन् ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तिनको मूल उद्देश्य कुनै दल विशेषको समर्थन गर्नु होइन, समाजमा समानता, समावेशिता र मानवताको भावना फैलाउनु हो । तर, पछिल्लो समय सामाजिक संस्थाहरूमा राजनीति प्रवेश गर्ने प्रवृत्तिले गम्भीर चिन्ता उत्पन्न गराएको छ ।

राजनीतिक प्रभावले सामाजिक संस्थाको मूल उद्देश्यलाई कमजोर बनाउँ छ। जब कुनै संस्था राजनीतिक रंगले रंगिन्छ, तब त्यसको सेवा भावना भन्दा पनि दलगत स्वार्थ प्राथमिक बन्छ । यस्तो अवस्थामा संस्था निष्पक्ष सेवा दिने हैसियत गुमाउँछ, र सेवा लिने समुदायको विश्वासमा पनि कमी आउँछ ।

राजनीतिक हस्तक्षेपले नेतृत्व चयन प्रक्रियामा पारदर्शिता समाप्त हुन्छ । योग्यता र इमानदारी भन्दा राजनीतिक पहुँचलाई प्राथमिकता दिइन्छ, जसको प्रत्यक्ष असर संस्थाको दीर्घकालीन प्रभावकारिता र प्रतिष्ठामा पर्छ । त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायहरू पनि यस्ता संस्थासँग सहकार्य गर्न हिचकिचाउँछन्, जसको कारण संस्थाले पाउने आर्थिक सहयोगसमेत रोकिन सक्छ ।

सामाजिक संस्थाले सबै जात, वर्ग, धर्म, र विचारधारालाई समान दृष्टिले हेरेर सेवा पुर्‍याउनुपर्छ । जब कुनै संस्था सबैका लागि खुला र निष्पक्ष हुन्छ, तब मात्र त्यो संस्था समाजको वास्तविक सेवक बन्न सक्छ । तर राजनीतिक हस्तक्षेपले संस्था विभाजन र विवादको अखडा बन्ने खतरा उत्पन्न हुन्छ ।

त्यसैले, सामाजिक संस्थाहरूलाई राजनीतिक प्रभावबाट मुक्त राख्न अत्यावश्यक छ । संस्थाको नेतृत्वमा निष्पक्षता, पारदर्शिता र सेवाभाव रहनु जरुरी छ । सामाजिक जिम्मेवारीलाई आत्मसात् गरेर काम गर्दा मात्र यस्ता संस्था समाज परिवर्तनका भरपर्दो माध्यम बन्न सक्छन् ।

यस सन्दर्भमा सबै सरोकारवाला, स्वयंसेवक, दातृ निकाय, र आम नागरिक सचेत हुन आवश्यक छ । सामाजिक संस्थाहरूलाई राजनीति मुक्त राख्ने संस्कार हामी सबैले विकास गर्नुपर्ने आजको आवश्यकता हो ।

श्री गुरुङ तमु धीं जापानका पूर्व अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया