समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रमप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार संसदमा बोल्दै उनले यो नीतिकार्यक्रम जनताको आवश्यकता र वर्तमान यथार्थबाट टाढा रहेको बताए ।
उनले भने, “यसले न विगतको समीक्षा गरेको छ, न त वर्तमान संकटसँग जुध्ने योजना बोकेको छ । यो जनताको आकांक्षा पूरा गर्न असमर्थ छ ।” उनका अनुसार सरकारी नीतिकार्यक्रमको भाषा अस्पष्ट, अनुप्रेरणाहीन रहेको छ भने सत्तारूढ दलका सांसदहरू मौन रहेको गम्भीर संकेत हो ।
प्रचण्डले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, संघीयता जस्ता प्राथमिकतामा सरकार असफल भएको बताए । उनले न्याय र समावेशीताप्रति सरकारको दृष्टिकोण अस्पष्ट रहेको आरोप लगाए । साथै, “स्वार्थी समूहको दबाबमा राज्य सञ्चालन हुँदा लोकतन्त्र कमजोर हुन्छ,” भन्दै उनले नीतिमा व्यापक सुधार, जनमुखी कार्यक्रम र दीर्घकालीन समाधानमा ध्यान दिन आग्रह गरे ।