Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख २२, २०८२
Monday, May 5, 2025

टोकियो – विश्वकै एक विकसित मुलुक जापानमा बालबालिकाको जनसंख्या लगातार ४४ औं वर्ष पनि घट्दै नयाँ कीर्तिमानी न्यूनतम स्तरमा पुगेको सरकारी तथ्यांकले देखाएको छ । जन्मदर घट्दै गएको समस्यासँग जुझिरहेकै अवस्थामा पछिल्लो गिरावट सार्वजनिक भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार, सन् २०२५ अप्रिल १ सम्ममा १५ वर्षमुनिका बालबालिकाको संख्या १ करोड ३६ लाख ६० हजारमा झरेको छ । यो अघिल्लो वर्षको तुलनामा ३ लाख ५० हजारले कम हो । तथ्यांकमा विदेशी नागरिकका बालबालिकाहरू पनि समावेश छन् ।

कुल जनसंख्यामा बालबालिकाको हिस्सा पनि घट्दै गएको छ । पछिल्लो तथ्यांक अनुसार, बालबालिकाको अनुपात ११ दशमलव १ प्रतिशतमा झरेको छ, जुन सन् १९५० यता उपलब्ध तथ्यांकअनुसार सबैभन्दा न्यून हो । अघिल्लो वर्षको तुलनामा यो ० दशमलव २ प्रतिशत अंकले घटेको हो ।

संयुक्त राष्ट्रसंघको तथ्यांकले समेत जापानको चिन्ताजनक अवस्थालाई उजागर गरेको छ । जनसंख्या ४ करोडभन्दा बढी भएका ३७ मुलुकहरूमध्ये जापानमा दक्षिण कोरियापछि सबैभन्दा कम बालबालिका छन् । दक्षिण कोरियामा यो अनुपात १० दशमलव ६ प्रतिशत मात्र छ ।

जापानी सरकारले जन्मदर बढाउन पछिल्ला वर्षहरूमा बालपालनमा आर्थिक सहयोग, डे-केयर सुविधाको विस्तार र कामकाजी अभिभावकका लागि लचिलो कार्यशैलीको व्यवस्था लगायतका नीतिगत पहलहरू अघि सारेको छ । तर, यी प्रयासले अपेक्षित परिणाम दिन सकेका छैनन् ।

विश्लेषकहरूका अनुसार, महँगो जीवनशैली, दीर्घकालीन करियर प्राथमिकता र सामाजिक संरचना परिवर्तनले युवा पुस्ता विवाह र बालपालनप्रति उदासीन हुँदै गएको देखिन्छ ।

बालबालिकाको संख्या उमेरअनुसार घट्दो क्रममा
बालबालिका घट्दो क्रममा रहेको तथ्यांक उमेर समूहअनुसार पनि झल्किन्छ । १२ देखि १४ वर्षका बालबालिका ३१ लाख ४० हजार छन्, तर ० देखि २ वर्ष समूहमा यो संख्या घटेर २२ लाख २० हजारमा सीमित छ । यसले नयाँ सन्तान जन्माउने दरमा क्रमिक गिरावट देखाउँछ । लिङ्गअनुसार ६९ लाख ९० हजार बालक र ६६ लाख ६० हजार बालिका रहेको मन्त्रालयले जनाएको छ ।

सन् २०२४ अक्टोबर १ सम्मको अवस्थासम्म जापानका ४७ वटै प्रान्तमा बालजनसंख्या घटेको देखिएको छ । बालबालिकाको संख्या १० लाखभन्दा माथि पुगेका दुई मात्र प्रान्त छन्-राजधानी टोकियो र त्यसको छिमेकी कानागावा ।

इतिहासमा फर्केर हेर्दा
जापानको बालजनसंख्या सन् १९५४ मा २ करोड ९८ लाख ९० हजार पुगेको थियो, जुन अहिलेसम्मकै उच्च हो । त्यसपछि सन् १९७१-१९७४ को बीचमा दोस्रो ‘बेबी बुम’ आए पनि सन् १९८२ देखि निरन्तर घट्दो क्रममा रहँदै आएको छ ।

द्रुत रूपमा बुढिँदै गइरहेको जापानी समाजमा घट्दो बाल जनसंख्या (Shrinking child population) एक गम्भीर राष्ट्रिय संकट बन्दै गएको छ । दीर्घकालीन नीति, समावेशी सामाजिक संरचना र युवा पुस्तामा परिवारप्रतिको विश्वास बढाउन सकिने वातावरण निर्माण नगरेसम्म यो समस्या अझ जटिल बन्दै जाने विज्ञहरूको चेतावनी छ ।

तपाईको प्रतिक्रिया