Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख २२, २०८२
Monday, May 5, 2025

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएन) को एकता महाधिवेशनले महेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । काठमाडौंमा जारी महाधिवेशनको दोस्रो दिन शनिबार निर्वाचन समितिले श्रेष्ठ नेतृत्वको कार्यसमिति निर्विरोध रूपमा चयन भएको औपचारिक घोषणा गरेको हो । श्रेष्ठ जापानमा व्यवसाय गर्दै आएका अनुभवी अभियन्ता हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

महाधिवेशनमा प्रमुख निर्वाचन आयुक्त गोपालकृष्ण घिमिरेले नयाँ कार्यसमितिका पदाधिकारीहरूको नाम सार्वजनिक गरेका छन् । उपाध्यक्षहरूमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोजकुमार श्रेष्ठ, विश्वासदीप लिम्बू, बुद्धिसागर सुवेदी र जानकी गुरुङ चयन भए ।

महासचिवमा बाबुराम लामा चयन भएका छन् भने सचिवमा टंकप्रसाद गैरे, चिन्तामणि सापकोटा, तिलकप्रसाद गैरे र देवकी खत्री गुरुङ निर्वाचित भएका छन् । कोषाध्यक्षमा ठाकुरप्रसाद ढुङ्गाना, सहकोषाध्यक्षमा माकृष्णप्रसाद पोखरेल, महिला संयोजकमा रश्मी थापा र युवा संयोजकमा भीमसेन थापा चयन भएका छन् ।

महाधिवेशनले विभिन्न क्षेत्रीय संयोजक तथा उपसंयोजक पनि चयन गरेको छ । एसिया प्रशान्त क्षेत्रका लागि डा. बलराम श्रेष्ठ, युरोपका लागि प्रेमबहादुर गुरुङ, मध्यपूर्वमा रमेश श्रेष्ठ, उत्तर तथा दक्षिण अमेरिकामा ढिलुराम पराजुली, ओसियानाका लागि इर्सद अहमद संयोजक तोकिएका छन् ।

सर्वोच्च अदालतको आदेशअनुसार २०८० चैत २१ गते न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले एनआरएनमा उत्पन्न गतिरोध समाधानका लागि उच्चस्तरीय समिति ब्युँताउने आदेश दिएको थियो । सोही अनुसार, संस्थापक अध्यक्ष शेष घलेको संयोजकत्वमा गठन गरिएको सात सदस्यीय समितिले एकता महाधिवेशन सम्पन्न गराएको हो ।

यो समिति २०७८ माघ १ गते तत्कालीन अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको ८१औं बैठकले गठन गरेको थियो । समितिमा शेष घलेसँगै उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, रामप्रताप थापा र कुमार पन्त रहेका थिए ।

केसी पक्षको असहमति
यस महाधिवेशनमा एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिको ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष बद्री केसी तथा उनको कार्यसमिति, साथै संस्थापक अध्यक्ष उपेन्द्र महतो लगायतका केही वरिष्ठ व्यक्तित्वको सहभागिता भने थिएन ।

केसी पक्षले आफ्नो कार्यकाल २०८२ कात्तिक ४ गतेसम्म रहने दाबी गर्दै नियमित र एकता महाधिवेशन एकसाथ गर्नुपर्ने अडान राखेको छ । उनीहरूले आगामी अक्टोबर ११-१४ मा काठमाडौंमा १२औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन गर्ने घोषणा गरिसकेका छन् ।

परराष्ट्रमन्त्रीको स्पष्ट समर्थन
एकता महाधिवेशनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले सर्वोच्च अदालत र परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार नै यो महाधिवेशन गरिएको स्पष्ट पारिन् । ‘हामी एउटै एनआरएनलाई चिन्छौं, यो नै आधिकारिक संस्था हो,’ उनले भनिन्, ‘सबैलाई यही संस्थामा जोडिन आग्रह गर्छु, फरक-फरक संगठनको कुनै औचित्य छैन ।’

तपाईको प्रतिक्रिया