Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १९, २०८२
Friday, May 2, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान संघीय, धर्मनिरपेक्ष गणतान्त्रिक व्यवस्था देशका लागि बोझ भएको बताएका छन्। उनले यो प्रणाली भ्रष्टहरू उत्पादन गर्ने कारखानामा परिणत भएको भन्दै यसबाट शान्ति, स्थायित्व र आर्थिक समृद्धिको अपेक्षा गर्नु भ्रम भएको टिप्पणी गरे।

१६३औं श्रमिक दिवसको अवसरमा राप्रपा नेपालआबद्ध मजदुर संगठन (टुकोन)ले बिहीबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उदास, हतास र निरासालाई चिर्न व्यवस्था परिवर्तन जरुरी भएको बताएका हुन् । यस्तो अवस्थाबाट मुक्ति पाउनका लागि प्रणालीमै आमूल परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो। उनले राजावादी र हिन्दूवादी शक्तिहरूलाई एकजुट हुन आह्वान गर्दै गणतन्त्रविरुद्ध आन्दोलनको पूर्वतयारी तुरुन्त सुरु गर्नुपर्ने धारणा व्यक्त गरे। “बर्खायाम सुरु हुनु अघिसम्म आन्दोलनको वातावरण तयार पार्नुपर्छ,” उनले भने।

थापाले समान विचारधारा बोकेकाहरूले साझा मोर्चा बनाएर अघि बढ्न ढिलाइ गर्नु नहुने सुझाव दिए। उनले राप्रपा नेपाल सधैं श्रमिकका हकहितका पक्षमा रहने दाबीसमेत गरे। कार्यक्रममा पार्टीका अन्य नेताहरू तारानाथ लुइँटेल, तेज कुरुङवाङ, यबती कार्की, हिक्मतजङ भण्डारी र अजेलिया रञ्जितकारले पनि आ-आफ्ना धारणा राखेका थिए।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया