Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी अन्ततः थुनामुक्त भएका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीसँगको एकता घोषणा हुनै लाग्दा बुधबार दिउँसो प्रज्ञा प्रतिष्ठानबाट सादा पोसाकका प्रहरीद्वारा पक्राउ परेका चौधरी केही घण्टामै रिहा भएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनलाई सर्वोच्च अदालतको ‘आदेश कार्यान्वयन’ को नाममा कारागार चलान गरिएको थि यो। तर, पछि चौधरीको गिरफ्तारीमा प्रयोग भएको पत्र ‘अनधिकृत’ रहेको पुष्टि भएपछि सर्वोच्च अदालत आफैंले हस्तक्षेप गर्दै तत्काल रिहा गर्न निर्देशन दियो ।

सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टको हस्ताक्षर रहेको पत्रका आधारमा चौधरीलाई डिल्लीबजार कारागारमा लगिएको थियो । तर, सो पत्र कुनै न्यायाधीशको निर्णयविना जारी गरिएको पाइएपछि विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्टविरुद्ध अब कानुनी कारबाही अघि बढ्ने सर्वोच्च अदालतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया