Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेपछि नागरिक जनमत पार्टीसँगको एकीकरण घोषणा सभा स्थगित भएको छ। कमलादीस्थित प्रज्ञा भवनबाट सादा पोशाकमा खटिएका प्रहरीले चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार पुर्याएका छन्।

एकीकरणपछि बन्ने संयुक्त पार्टीको संरक्षक चौधरी नै हुने र नागरिक जनमतका सिके राउत अध्यक्ष र नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ सहअध्यक्ष बन्ने तयारी थियो। तर चौधरी पक्राउ परेपछि एकीकरण कार्यक्रम रोकिएको छ।

सिके राउतको सचिवालयले चौधरी पक्राउलाई घोर भर्त्सना गर्दै कार्यक्रम स्थगित गरिएको जनाएको छ। उनले सूचना दिए, “प्रज्ञा प्रतिष्ठानमा एकीकरण घोषणा हुन लाग्दै चौधरीलाई पक्राउ गरिएको छ। यसले कार्यक्रम अस्थिर भएको छ। सहभागीहरूलाई घर फर्किन आग्रह गरिन्छ। बैठक बसेर अर्को निर्णय छिट्टै गरिनेछ।”

चौधरी पक्राउको कारण अहिले स्पष्ट छैन। प्रहरी प्रशासनले उनलाई पुरानो मुद्दामा पक्राउ गरेको बताएको छ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया