Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का सांसद तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले आफूले प्रतिनिधिसभामा अभद्र भाषा प्रयोग नगरेको दाबी गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले प्रयोग गरेको भनिएको शब्दविरुद्ध केही सञ्चारमाध्यमले अश्लील टिप्पणीको आरोप लगाएको भन्दै खण्डन गरेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मंगलबारको बैठकमा उनले भ्रामक समाचारको आएको भन्दै गम्भीर आपत्ति जनाए । ‘पार्टीको दबाब सहन नसकेर त्यो मुन्छेलाई डीजी बनाउनु पर्‍यो भनेर बोलेको हुँ । मैले अश्लील बोलेको होइन,’ सांसद आलेले स्पष्टिकरण दिंदै भने, ‘मैले बोलेको कुरा राम्रोसँग सुन्नुस, बुझ्नुस् अनि मात्रै समाचार लेख्नुस् ।’

उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचारबारे संसदमा आवाज उठाउँदा आफ्नो विरोधमा हल्ला चलाइएको आरोप पनि लगाए । ‘भ्रष्टाचारको विरुद्ध बोलेको हुँ, त्यसैको प्रतिशोधमा मेरो बोलीलाई तोडमोड गरिएको छ,’ उनले भने ।

सांसद आलेले संसदीय मर्यादा भित्रै रहेर बोलेको बताउँदै सञ्चारकर्मीहरूलाई अभिव्यक्ति सन्दर्भबारे सटीक र जिम्मेवार रूपमा रिपोर्टिङ गर्न आग्रह गरे । संसदमा अभिव्यक्ति र अभिव्यक्तिको व्याख्या सम्बन्धी विवाद फेरि एकपटक चर्चाको विषय बनेको छ ।

तपाईको प्रतिक्रिया