Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

काठमाडौं – नौ दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अमेरिकी चार्टर जेट विमान हालसम्म ग्राउन्डेड अवस्थामा रहेको छ।  वैशाख ६ गते नेपाल वायुसेवा निगमको टो-ट्र्याक्टरले ठक्कर दिँदा क्षति पुगेपछि यो विमान उडाउन नसकिने बनेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ग्राउन्डेड विमान अमेरिकी कम्पनी गल्फस्ट्रिमको जी-फाइभ मोडेल हो, जसको स्वामित्व ग्रिफन एयरसँग छ। लामो दूरीका भीआईपी तथा व्यापारिक उडानका लागि परिचित यो जेटले अहिले करोडौं रुपैयाँ बराबरको चार्टर तथा कार्गो उडान गुमाइरहेको स्रोतले जनाएका छन् ।

विमानको इन्जिनमा लुब्रिकेन्ट हाल्नका लागि सिनामंगलतर्फको रिभर्स पार्किङ क्षेत्रबाट तान्दा, नेपाल वायुसेवा निगमको टो-ट्र्याक्टरले अगाडिको भाग (नोज) मा ठक्कर दिएको थियो । यसै ठक्करका कारण नोज र रडारमा क्षति पुगेर विमान थन्किन बाध्य भएको हो । विमान मर्मतका लागि आवश्यक सामान ग्रिफन एयरले नै पठाएको र नेपाल वायुसेवा निगमका प्राविधिकले मर्मत कार्य थालेको बताइएको छ । तर अन्तिम प्रमाणीकरणका लागि सिंगापुरबाट इन्जिनियर आउनु पर्ने भएकाले विमान अझ केही दिन काठमाडौंमै रोकिने छ ।

प्रारम्भिक अनुमानमा झन्डै १ करोड रुपैयाँ बराबरको क्षति भएको छ । विमान रोकिँदा बुक भएका थुप्रै चार्टर उडान रद्द भएका छन् र चालक दलका सदस्यहरुको होटल बसाइ अनपेक्षित रूपमा लम्बिएको छ ।

यो विमान आधिकारिक कागजात नभएका तीन नेपालीलाई अमेरिका फर्काउन ल्याइएको थियो । अमेरिकी अध्यागमन विभाग अन्तर्गत चार्टर गरिएको यो १९ सिटे विमान बंगलादेश हुँदै नेपाल आएको थियो, जहाँ उसले १० जना कागजातविहीन बंगालीलाई पनि छोडेको थियो ।

तपाईको प्रतिक्रिया