Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

शिजुओका – जापानको शिजुओका प्रान्तस्थित नागाइजुमी नगरमा अवस्थित एउटा सानो “पकेट पार्क”लाई गिनिज वर्ल्ड रेकर्ड्सले विश्वकै सबैभन्दा सानो पार्कको रूपमा मान्यता दिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

०.२४ वर्ग मिटर क्षेत्रफलमा फैलिएको उक्त पार्कमा एउटा सानो काठको सिँढी राखिएको छ, जहाँ एक जना व्यक्ति मात्र आराम गर्न सक्ने ठाउँ छ । आवासीय क्षेत्रमा रहेको यस सानो पार्कमा स-साना उठेको इँटाका संरचनाहरू, सँगै रोपिएका बोटबिरुवा र दुईवटा ढुंगाका स्मारकहरू रहेका छन्। तीमध्ये एक स्मारकमा नगरको प्रतीक फूलको आकृति कुँदिएको छ ।

तीन दशकभन्दा बढी समयदेखि स्थानीय बासिन्दाले ‘विश्वकै सानो पार्क’ भनेर चिनाउँदै आएको उक्त स्थान सन् २०२३ को डिसेम्बरमा औपचारिक रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा दर्ता भएको हो ।

नगर कार्यालयबाट करिब ३०० मिटर टाढा रहेको यो पार्क सन् १९८८ मा सडक निर्माणपछिको बाँकी जमिनको सदुपयोग गर्दै निर्माण गरिएको थियो। अमेरिकाको ओरेगन राज्यस्थित मिल एन्ड्स पार्कबाट प्रेरणा लिएर एक पूर्व नगर अधिकृतले सानो पार्क निर्माणको अवधारणा अघि सारेका थिए। मिल एन्ड्स पार्क ०.२९ वर्ग मिटर क्षेत्रफलमा फैलिएको थियो, जसले यसअघि विश्वकै सानो पार्कको कीर्तिमान राखेको थियो ।

गिनिज रेकर्डका लागि चुनौती दिने निर्णय नगरले स्थानीय बासिन्दाको समर्थनमा सन् २०२३ मा लिएको हो । आवश्यक प्रक्रिया तथा दर्ता खर्च व्यवस्थापन गर्न नगरले करिब २५ लाख येनको रकम बजेट, अनलाइन सङ्कलन र निजी क्षेत्रको योगदानबाट जुटाएको थियो ।

पार्कको आधिकारिक मापनका लागि पेशेवर नापी विशेषज्ञ परिचालन गरियो र पाँच वर्षभन्दा बढी समयदेखि अस्तित्वमा रहेको प्रमाणपत्र प्रस्तुत गरियो । साथै, उक्त स्थानलाई सडकको हिस्साबाट छुट्याई आधिकारिक रूपमा “पार्क” को श्रेणीमा पुनः वर्गीकृत गरिएको हो ।

गिनिज बुकमा नाम दर्ता भएपछि उक्त पार्क शिजुओका बाहिरका पर्यटकहरूका लागि समेत आकर्षणको केन्द्र बनेको छ । नागाइजुमी नगरको निर्माण व्यवस्थापन शाखाका शुजी कोयामाले भने, ‘हामी आशा गर्छौं कि यो पार्क हाम्रो नगरको प्रवर्द्धनमा महत्वपूर्ण अवसर सावित हुनेछ ।’

तपाईको प्रतिक्रिया