Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)ले विभाजित राजावादी नेताहरुलाई एउटै मञ्चमा उभ्याउन सफल भएको छ। आज राजधानीको रत्नपार्कमा आयोजित विरोध सभामा राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङदेनदेखि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुबेदीसम्मको उपस्थिति देखिएको छ।

विभिन्न पार्टी र समूहमा विभाजित भएका राजावादी नेताहरु लामो समयपछि पहिलोपटक एउटै थलोमा देखा परेका हुन्। कार्यक्रमलाई विशेष बनाउँदै राप्रपा नेपालले आफ्नै पार्टीको झण्डा नउठाई राष्ट्रिय झण्डा मात्र प्रदर्शन गरेको थियो।

आजको कार्यक्रममा राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा पनि उपस्थित भएका छन् । हिरासतबाट छुटेर भारतमा उपचारगराएर फर्केलगत्तै उनी आन्दोलनमा भाग लिन पुगेका हुन्। त्यस्तै, कार्यक्रममा राप्रपाका सांसद दीपक सिंह लगायत थुप्रै नेताहरुको उपस्थिति पनि उल्लेखनीय रह्यो।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया