Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १२, २०८२
Friday, April 25, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ)ले सर्वोच्च अदालतमा दर्ता गरिएको पुनरावलोकन निवेदन फिर्ता लिएका छन् । उनले यसअघि चार महिनादेखि पेसी तोकिए तापनि न्यायालयले मुद्दा हेर्न नसकेपछि फिर्ता लिने निर्णय गरेका हुन् ।

मनाङेले २०८१ कात्तिक २० गते सर्वोच्चले उच्च अदालत पाउनको आदेश सहित ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । उच्च अदालतले उनलाई ५ वर्ष कैद सुनाएको थियो । यसै फैसलाको पुनरावलोकनका लागि उनले २०८१ माघ १० गते सर्वोच्चमा निवेदन दिएका थिए । तर, तीनवटा फरक इजलासमा पेसी तोकिए पनि मुद्दा हेर्न नसकिएपछि उनले निवेदन फिर्ता लिने अपिल गरेका थिए । न्यायाधीश कुमार रेग्मी, हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले यसलाई स्वीकार गरी फिर्ता लिन अनुमति दिएको हो ।

अहिले उनी जिल्ला अदालत काठमाडौंमा मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै छन् । जिल्ला अदालतले फागुन २३ गते उनलाई १ वर्ष कैद छुट दिने आदेश पनि सुनाइसकेको छ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया