काठमाडौँ – आगामी जेठ २ गतेदेखि प्रदर्शन हुने फिल्म ‘हेल्लो काँशीराम’ को नयाँ गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक गरिएको छ । बुढासुवाको युट्युब च्यानलमार्फत रिलिज गरिएको यस गीतमा प्रताप दास र मेलिना राईको स्वर रहेको छ । नरेन्द्र वियोगीको संगीत र कविराज गहतराजको कोरियोग्राफी भएको यो डान्स ट्र्याक बालमन्दिरमा छायांकन गरिएको हो ।
गीतमा दिलीप रायमाझी, प्रियंका कार्की, उमेश राई लगायत कलाकारहरूको नृत्य देखिन्छ । फिल्मको प्रचार प्रसारलाई अझ तीव्र बनाउने उद्देश्यले निर्माण टिमले यो गीत सार्वजनिक गरेको हो ।
रेडलाइन फिल्म्सले निर्माण गरेको यस फिल्मको निर्देशन रिम विश्वकर्माले गरेका हुन् । डेढ करोडको लागतमा निर्मित फिल्ममा दिलीप रायमाझी, सुरविर पण्डित, प्रियंका कार्की लगायतको अभिनय रहेको छ । फिल्मको छायांकन यम आले र सम्पादन मित्र डी. गुरुङले गरेका छन् ।