Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमाथि तीव्र आलोचना गर्दै नैतिक वैधता गुमाइसकेको आरोप लगाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारको अस्तित्व औचित्यहीन भइसकेको बताए । ‘यो सरकार असफल भइसकेको छ,’ उनले भने, ‘अब यसको हातमा देशको बागडोर रहनु जनताको अपमान हो । एक दिन पनि सत्तामा रहने नैतिक अधिकार ओलीसँग छैन ।’

सापकोटाले वर्तमान कांग्रेस-एमाले गठबन्धनलाई “अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरीत” भन्दै आरोप लगाए कि यो सरकारले जनहितमा एउटा पनि उल्लेखनीय काम गर्न सकेको छैन ।

उनको आरोप अनुसार, प्रचण्ड नेतृत्वको सरकारले सुरु गरेको भ्रष्टाचारविरोधी अभियानलाई वर्तमान सरकारले रोकेको छ र सुशासन स्थापनाका लागि काम गरिरहेका ईमानदार अधिकारीहरूलाई उल्टै दण्डित गर्ने क्रम चलिरहेको छ ।

माओवादी केन्द्रले सरकारलाई नैतिक तथा राजनीतिक हिसाबले असफल भइसकेको ठहर गर्दै अब जनताको हितमा नयाँ विकल्प आवश्यक भएको सन्देश दिएको छ ।

तपाईको प्रतिक्रिया