Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालभर तापक्रम क्रमशः बढ्दै गएको छ र आगामी तीन दिनसम्म अझै गर्मी बढ्ने मौसमविद्को पूर्वानुमान छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा वर्षा गराउने कुनै नयाँ मौसमी प्रणाली सक्रिय छैन, जसका कारण तापक्रम निरन्तर बढ्ने देखिएको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अत्यन्तै सीमित रहेकाले हाल देशभर तातो हावा चल्न सक्ने अवस्था छ। यस्तो अवस्थाले विशेषगरी तराई क्षेत्रमा बढी असर पर्ने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ।

बुधबार सबैभन्दा उच्च तापक्रम भैरहवामा ४३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ भने जुम्लामा न्यूनतम तापक्रम ६ डिग्री रहने छ। मंगलबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको थियो।

मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रहरूमा पनि तापक्रम ३८ डिग्री आसपास पुगेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मात्र हल्का वर्षा भए पनि मुख्य गर्मी प्रभावित क्षेत्रमा वर्षा नभएको र आगामी दिनमा पनि वर्षाको सम्भावना कम रहेको मौसमविद्को भनाइ छ।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया