Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले मुलुकको समग्र विकासका लागि सम्पूर्ण जमिन राज्यको स्वामित्वमा ल्याउनुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गौतमले अहिलेको भू-स्वामित्वको संरचनाले योजनाबद्ध विकास असम्भव हुने दाबी गरे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनका अनुसार देशको हरेक इन्च जमिन राष्ट्रियकरण गरेर मात्र आवश्यकतानुसार पूर्वाधार र सेवा योजनाहरू कार्यान्वयन गर्न सकिन्छ । पिउने पानी, विद्यालयजस्ता आधारभूत आवश्यकताहरू समाधान गर्न सरकार दृढ र योजनाबद्ध नहुनु मुल समस्या भएको उनको भनाइ छ ।

गौतमले केवल छलफल गरेर समाधान नहुने भन्दै अब क्रियाशील र उत्तरदायी नेतृत्व आवश्यक भएको बताए । प्रधानमन्त्री बन्ने आकांक्षा राख्नेहरूलाई सार्वजनिक रूपमा जवाफदेही बनाउने उपायको पनि प्रस्ताव गरे । उनले भने, ‘यदि प्रधानमन्त्री हुन चाहनेहरूले समस्या समाधान गर्न सकेनन् भने जनतासमक्ष म गर्न सक्दिनँ, कान समाएर सयपटक उठबस गर्छु भनेर वाचा गर्न लगाउनुपर्छ ।’

गौतमको धारणा अनुसार, जबसम्म मुलुकका प्रमुख समस्याहरूको समाधान गर्न सक्ने राजनीतिक इच्छाशक्ति देखिँदैन, तबसम्म मुलुकले दिगो विकासको बाटो समात्न सक्दैन ।

तपाईको प्रतिक्रिया