Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – विगत २१ दिनदेखि शिक्षा ऐनको मागमा आन्दोलनरत शिक्षकहरूले वैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेका छन् । सरकारले कर्मचारी खटाएर परीक्षा गराउने निर्णय गरेपछि नेपाल शिक्षक महासंघले यो कदम चाल्ने घोषणा गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी खटाएर परीक्षा सञ्चालन गर्ने निर्णय गरे पनि शिक्षकहरूले परीक्षामा सहभागी नहुने बताएका छन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले वार्ताबाट समाधान खोज्न नसकेपछि यस्तो निर्णय लिएको बताए । महासंघले सबै शिक्षक, प्रधानाध्यापक र कर्मचारीलाई परीक्षा केन्द्राध्यक्ष, निरीक्षक तथा अन्य कार्यमा संलग्न नहुन अपील गरेको छ । साथै, उनीहरूले शिक्षा ऐन शीघ्र जारी गरी आन्दोलन समाधान गर्न माग गरेका छन् ।

शिक्षकहरू संसद्बाट नयाँ शिक्षा ऐन जारी गर्ने मागमा आन्दोलनरत छन् । सरकारले बजेट अधिवेशनबाट यो विधेयक पारित गर्ने बताए पनि आन्दोलन जारी छ । यसैबीच, शिक्षामन्त्री विद्या भट्टराईले प्रधानमन्त्री र उपप्रधानमन्त्रीको असहयोगका कारण राजीनामा दीइसकेकी छिन् ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया