Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – राजावादी आन्दोलनपछि फरार घोषित दुर्गा प्रसाईं सञ्चालक रहेका दुईवटा अस्पतालका रोक्का गरिएका बैंक खाता फुकुवा गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तीनकुनेमा गत चैत १५ गते भएको आन्दोलनका क्रममा दुईजनाको ज्यान गएको थियो भने सरकारी तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो । घटनापछि आन्दोलनका जनकमाण्डरका रूपमा चिनिएका प्रसाईं फरार भएका थिए । त्यसलगत्तै उनको व्यक्तिगत खाता सहित वि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र र्वाञ्चल क्यान्सर हस्पिटल प्रालिका खाता समेत रोक्का गरिएको थियो ।

अस्पतालका खातामा रोक्का लगाइएपछि दुवै संस्थाको तर्फबाट डा. अञ्जली कार्कीले छुट्टाछुट्टै रिट दायर गरेकी थिइन् । रिटमा उनले नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (CIB) लाजिम्पाटसहित १८ र १४ जनालाई विपक्षी बनाएकी थिइन् । सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले दुवै अस्पतालका खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको हो ।

साथै, सर्वोच्चले खाता रोक्का गर्ने निर्णयमा संलग्न विपक्षीहरूलाई कारण देखाउन आदेशसमेत जारी गरेको छ ।

तपाईको प्रतिक्रिया