Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमिततामा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका छन् । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री भट्टराईले पोखरा र भैरहवा विमानस्थलको भ्रष्टाचार प्रकरणमा आरोप लगाउनेहरू नै पर्ने दाबी गर्दै आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना भनाइ सार्वजनिक गर्दै उनले आफूलाई यसमा मुछ्नेहरू नै पर्ने र त्यसको प्रमाण आफूसँग भएको दाबी गरेका छन् । उनले अगाडि भनेका छन्, ‘मलाई औँला उठाउनेहरू नै पर्नेवाला छन् । डकुमेन्ट मसँग छ । आवश्यक परे सार्वजनिक गरौँला ।’

‘सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेतिथिको दलदलमा जाकिएकाहरू काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न कति खप्पिस छन् भन्ने मैले राम्ररी बुझेको छु,’ भट्टराईले लेखेका छन्, ‘मिडिया ट्रायल गरेर उम्कन सकिन्छ भनेर ढुक्क नभए हुन्छ ।’

भट्टराईले २०७६ साउन १५ गतेदेखि २०७७ पुस ५ गतेसम्म संस्कृति, पर्यटन तथा नागरिक मन्त्रीको जिम्मेवारीमा थिए । आफू पर्यटनमन्त्री हुँदा आफ्नो निर्णयले राज्यलाई कुनै नोक्सानी भए प्रमाणसहित सार्वजनिक गर्न समेत भट्टराईले चुनौती दिएका छन् ।

उनले भनेका छन्, ‘उक्त समयमा पोखरा र भैरहवा विमानस्थल बारेमा मेरो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई कुनै नोक्सानी भएको भए प्रमाणसहित सार्वजनिक गर्न मेरा विरुद्ध प्रायोजित समाचार उत्पादन गर्ने कारखानालाई चुनौती छ ।’

तपाईको प्रतिक्रिया