Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र हालै देखा परेको असन्तुष्टि र आक्रोशले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको स्थायित्वमा प्रश्न उठ्न थालेको छ । कांग्रेसका प्रभावशाली नेताहरू डा. शेखर कोइराला र महामन्त्री विश्वप्रकाश शर्मा सुरुदेखि नै कांग्रेस-एमाले गठबन्धनप्रति आलोचनात्मक धारणा व्यक्त गर्दै आएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

महामन्त्री गगन थापा भने गठबन्धन सफल बनाउन सक्रिय रहँदै आएका थिए, तर हालै उनीसमेत सरकारप्रति असन्तुष्ट देखिएपछि परिस्थिति थप जटिल बन्दै गएको छ । थापा सत्ता साझेदारीका विवाद समाधान गर्न उच्चस्तरीय संयन्त्रमा सक्रिय भए पनि हाल सरकारप्रति उनको असन्तुष्टि खुलेर देखिन थालेको छ ।

यता, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस नेतृत्वको सरकार गठनमा सहयोग गर्न तयार रहेको अभिव्यक्तिले सत्तामा नयाँ समीकरणको अड्कल बढाएको छ । यस्तो संवेदनशील समयमा प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाए पनि कांग्रेसका महत्त्वपूर्ण नेताहरू पूर्णबहादुर खड्का र गगन थापा अनुपस्थित रहे । यसले बैठकलाई असर मात्र गरेन, सरकारको भविष्यबारे आशंका थप बलियो बनायो ।

यस घटनाक्रमपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा शीर्ष नेताहरूको बैठक डाक्दै सत्ता साझेदारीमा देखिएका समस्या समाधान गर्ने पहल थाले। बैठकमा देउवाले समस्या भए पनि समाधान गरेर अघि बढ्नुपर्ने धारणा राख्दै, सरकारको भविष्य सुरक्षित रहेको संकेत दिए । उनले प्रधानमन्त्री ओलीसँग जारी संवादमा कांग्रेस नेताहरूले उठाएका विषय सम्बोधन गर्ने सहमति भएको जानकारी पनि बैठकमा दिएका थिए ।

यसअघि, देउवा र ओलीबीच भेटवार्ता भएको थियो जसमा राजनीतिक नियुक्ति, प्रहरी प्रशासनको बढुवा लगायत विषयमा सहमति जुटेको थियो । देउवाले सरकारको कमजोरी सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् भने महामन्त्री थापा र शर्माले पनि विकल्प खोज्ने होइन, सरकारलाई प्रभावकारी बनाउने प्रयासमा जोड दिनुपर्ने बताएका छन् ।

बैठकपछि कांग्रेसले सरकारबारे अनावश्यक टिप्पणी नगर्न नेताहरूलाई निर्देशन दिएको छ भने एमालेतर्फबाट पनि सरकार स्थिर रहेको सन्देश सार्वजनिक गरिएको छ । एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा ‘सरकार परिवर्तनको हल्ला समाप्त’ भन्दै लेखेका छन् ।

कांग्रेसभित्रको असन्तुष्टि, माओवादीको अभिव्यक्ति, र एमाले-कांग्रेसबीचको संवादका उतारचढावले सत्ता समीकरणलाई चुनौती दिँदै आएको छ । यद्यपि देउवा-ओली संवादले केही हदसम्म परिस्थिति नियन्त्रणमा ल्याएको देखिन्छ ।

सरकार परिवर्तनको हल्ला असत्य
प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कसाथ विकास निर्माणसहित सुशासनका काममा केन्द्रित हुन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका ठूला दलहरू एकसाथ मिलेर वर्तमान सरकार बनेकाले सरकार आफ्नो लक्ष्य र गन्तव्यमा सुस्पष्ट रहेको जिकिर गर्दै भने, ‘देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन हामी पूर्णरूपमा लागेका छौँ । तपाईंहरू पनि ढुक्कका साथ यस अभियानमा लाग्नुस् । सरकार परिवर्तन हुने हल्लाको पछि लाग्नुपर्ने आवश्यकता छैन । सबै मिलेर देश बनाऔँ ।’

वर्तमान सरकार स्थिर रहेको र यसले स्थायित्व दिएको दाबी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकार हामीले केही भनिरहनु पर्दैन यो स्थिर छ । यसले स्थायित्व दिएको छ र दिनेछ । यो धेरै भनिरहनु पर्दैन, कसले के भन्छ भन्ने कुरा छोडिदिनुस् । नेकपा एमाले र नेपाली कांग्रेस यो देशका सबभन्दा पुराना, संघर्ष गरेका, योगदान गरेका, बलिदान गरेका, सबभन्दा ठूला र इतिहास बोकेका पार्टीहरू संयुक्त प्रयासबाट स्थिरता र स्थायित्व दिन र देशको विकास गर्न एक भएका हुन् ।’

तपाईको प्रतिक्रिया