Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – फुङ्लिङबाट पाथीभरा मन्दिरतर्फ गइरहेको बलेरो गाडीमा आगलागी हुँदा चार जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार मे १ च ३०११ नम्बरको उक्त सवारी फुङ्लिङ नगरपालिका–१०, सेवारोचोकमा पुग्दा अचानक आगो लागेर दुर्घटना भएको हो। प्रहरीका सूचना अधिकारी विवेक बस्नेतले आगलागीमा परी ज्यान गुमाउनेको सनाखत हालसम्म हुन नसकेको जानकारी दिए।

प्रारम्भिक अनुसन्धानमा बिहान करिब ५ बजेको समयमा सडकमा विद्युतको पोलबाट चुँडिएको तार झरेको र सोही तारमा गाडी ठोक्किँदा एक्कासी आगलागी भएको पाइएको छ।

घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको नेतृत्वमा १५ सदस्यीय टोली तत्काल घटनास्थलमा पुगेर उद्दार कार्य थालेको थियो। घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्: ताप्लेजुङ जिप दुर्घटनामा ज्यान गुमाउने चारैजनाको परिचय खुल्यो

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया