Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएको भ्रष्टाचारको विषयमा गम्भीर चासो व्यक्त गर्दै छानबिनको माग अघि सारेको छ। पार्टीका गण्डकी प्रदेश महामन्त्री नवीन त्रिपाठीको नेतृत्वमा नागरिक उड्डयन कार्यालय, पोखरामार्फत नागरिक उड्डयन प्राधिकरण र संघीय संसद्को सार्वजनिक लेखा समितिलाई छानबिन गर्न ज्ञापनपत्र बुझाइएको हो।

ज्ञापनपत्रमा विमानस्थल निर्माणको क्रममा ठेक्का प्रक्रियादेखि अन्तिम निर्माणसम्म अर्बौं रुपैयाँ अनियमितता भएको भन्दै जिम्मेवार निकायहरूलाई अनुसन्धान गर्न आग्रह गरिएको छ। साथै, प्राधिकरणका केही पदाधिकारी र संलग्न राजनीतिज्ञहरू शंकाको घेरामा परेकाले उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि माग गरिएको छ।

सार्वजनिक लेखा समितिको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक आर्थिक अनियमितता भएको निष्कर्ष सार्वजनिक गरिसकेको पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्र पार्टीको यो कदम आएको हो। पार्टीले पारदर्शिता र जवाफदेहिताको माग गर्दै यस्ता ठूला राष्ट्रिय परियोजनामा हुने भ्रष्टाचारलाई निषेध गर्न प्रभावकारी छानबिन अपरिहार्य रहेको उल्लेख गरेको छ।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया