Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौँ – नेपालमा आज जनआन्दोलन दिवस विभिन्न कार्यक्रमहरूका साथ मनाइँदैछ। विसं २०४६ चैत २६ गते ३० वर्षे पञ्चायती शासनको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना गरिएको दिनको सम्झनामा हरेक वर्ष चैत २६ गते जनआन्दोलन दिवस मनाउने गरिएको हो।

विसं २०१७ पुस १ गते राजा महेन्द्रले लागू गरेको पञ्चायती व्यवस्थालाई विसं २०४६ मा व्यापक जनआन्दोलनमार्फत अन्त्य गरिएको थियो। नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त बाममोर्चाले सञ्चालन गरेको जनआन्दोलन ५० दिनसम्म चलेको थियो। कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको आन्दोलन सफलतापूर्वक सम्पन्न भएको थियो।

प्रजातन्त्र पुनःस्थापनाको लागि गरिएको यो आन्दोलन विसं २०४६ फागुन ७ गते सुरु भएको थियो, जुन विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सुरु गरिएको मानिन्छ। अन्ततः चैत २६ गते तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै बहुदलीय प्रणाली पुनःस्थापित गरिएको घोषणा गरेका थिए।

यस दिनको स्मरणमा आज देशभर विविध कार्यक्रमहरू आयोजना गरिएको छ। राजनीतिक दलहरू, नागरिक समाज, र विभिन्न संघसंस्थाहरूले जनआन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै र लोकतन्त्रप्रति प्रतिबद्धता दोहोर्याउँदै कार्यक्रम गरिरहेका छन्।

तपाईको प्रतिक्रिया