समाचार सुन्नुहोस :
काठमाडौँ – इन्डिगो एयरलाइन्सको मुम्बई-वाराणसी उडानमा सवार ८९ वर्षीया एक वृद्धाको मृत्यु भएपछि विमानले महाराष्ट्रको छत्रपति संभाजीनगर विमानस्थलमा आपतकालीन अवतरण गरेको छ।
मृतक उत्तर प्रदेशको मिर्जापुरकी निवासी सुशीला देवी हुन्। उनि मुम्बईबाट वाराणसी जाँदै थिइन्। विमान आकाशमै उडिरहेको अवस्थामा उनको स्वास्थ्य अचानक बिग्रिएपछि विमान चालक दलले आपतकालीन अवतरण गर्ने निर्णय गरेका थिए। राति करिब १० बजे विमान छत्रपति संभाजीनगर विमानस्थलमा उत्रिएपछि मेडिकल टोलीले उनको जाँच गर्यो, तर उनको निधन भइसकेको थियो।
विमानस्थलका एक अधिकारीका अनुसार, मृतकको शव स्थानीय सरकारी मेडिकल कलेज तथा अस्पतालमा पठाइएको छ। आवश्यक औपचारिकताहरू पूरा गरेपछि विमान पुनः वाराणसीतर्फ प्रस्थान गरेको बताइएको छ।
एयरलाइनले यस घटनामा शोक व्यक्त गर्दै परिवारप्रति समवेदना पनि जनाएको छ।