Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारी शिक्षकहरूले अनिश्चितकालीन हडतालको पाँचौं दिन आज काठमाडौंमा सिटी जुलुस प्रदर्शन गरेका छन्। आफ्नो माग पुरा गराउन दबाब दिन उनीहरूले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म सिटी जुलुस निकालेका हुन्।

सिटी बजाउँदै र नाराबाजी गर्दै जुलुसमा सहभागी शिक्षकहरू प्रदर्शनमा उत्रिएका हुन्। आन्दोलनरत शिक्षकहरूले सरकारले आफूहरूको माग बेवास्ता गरेकाले दबाबस्वरूप सडकमै उत्रनुपरेको बताएका छन्। उनीहरूले शिक्षा क्षेत्रको समस्या समाधान गर्न सरकारसँग पटक–पटक आग्रह गरिए पनि सुनुवाइ नभएको गुनासो गर्दै आन्दोलन अझ सशक्त बनाउने चेतावनी दिएका छन्।

यसअघि पनि उनीहरूले शैक्षिक सुधार, सेवा सुरक्षालगायत माग राख्दै शिक्षण कार्य बहिस्कार गरेका थिए। प्रदर्शनका कारण देशभरका विद्यालयको पठनपाठन प्रभावित हुँदै आएको छ। सरकार र शिक्षकबीच वार्ता प्रयास भइरहे पनि सहमति नजुटेपछि आन्दोलन लम्बिँदै गएको हो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया