Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – चैते दसैंको अवसरमा आज बिहानैदेखि देशभरका प्रमुख शक्तिपीठहरूमा भक्तजनहरूको भीड लागेको छ। विशेष गरी दुर्गा भगवतीको आराधना गरिने यस पर्वमा आस्थावानहरू बिहानैदेखि पूजा, अर्चना र दर्शनका लागि शक्तिपीठहरू पुगिरहेका छन्। काठमाडौं उपत्यकाभित्र गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, श्वेतकाली, रक्तकाली, कालिकास्थान, कलङ्कीमाई, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, नरदेवी र चामुण्डादेवी लगायतका मन्दिरमा श्रद्धालुको बाक्लो उपस्थिति देखिएको छ।

उपत्यका बाहिर पनि स्थिति उस्तै छ। पालाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, कालिकादेवी र प्रसिद्ध मनकामना मन्दिरमा समेत बिहानैदेखि भक्तजनको ओइरो लागेको छ। धार्मिक विश्वास अनुसार, चैत्र नवरात्रका अवसरमा शक्तिपीठमा पूजा गरेमा आत्मिक शक्ति प्राप्त हुने विश्वास गरिन्छ। आश्विन र चैत्र शुक्ल पक्षमा पर्ने नवरात्रमा विशेष पूजा आराधना गरिन्छ भने अष्टमीका दिनको पूजा विशेष फलदायी मानिन्छ।

शनिबार परेकोले आजको दिन भक्तजनको उपस्थिति झनै बढेको स्थानीयवासी तथा ज्योतिष हरिप्रसाद सोडारीले जानकारी दिए। उनका अनुसार, सामान्य शनिबारमा पनि भीड लाग्ने गुह्येश्वरी मन्दिरमा आज विशेष चहलपहल देखिएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया