Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएका कुलमान घिसिङले केही स्वार्थी समूहले आफूमाथि प्रहार गरेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले, “जनतालाई उज्यालो दिनु राष्ट्रद्रोह हो त?” भन्ने गम्भीर प्रश्न गर्दै आफ्नो बर्खास्तीप्रति असन्तोष व्यक्त गरे।

लोडसेडिङ अन्त्य गरी प्राधिकरणको आय–व्यय सुधार गर्न योगदान दिएको भन्दै घिसिङले आफूलाई हटाउने निर्णय सत्ताका नजिक रहेका व्यापारिक समूहहरूको दबाबमा गरिएको आरोप लगाए। उनले विद्युत प्राधिकरणको नेतृत्व गर्दा २० अर्ब रुपैयाँ महसुल नतिर्ने व्यापारीहरूले अनावश्यक विशेष सुविधा लिएको भन्दै त्यसविरुद्ध उभिँदा आफूमाथि आक्रमण भएको जिकिर गरे।

“मेरो कार्यकालमा प्राधिकरणको सम्पत्ति तीन गुणा बढ्यो, नाफा पुनः विद्युत पूर्वाधारमा लगानी भयो,” घिसिङले भने, “विद्युतीकरणका लागि ठूलो लगानी गर्‍यौं, देशभर उज्यालो पुर्‍यायौं—यही राष्ट्रद्रोह हो भने जनताले फैसला गर्नेछन्।” उनका अनुसार आर्थिक वर्ष ०८०/८१ मा विद्युत प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब रुपैयाँ पुगेको छ। उनले पछिल्लो वर्षमा विद्युत निर्यात आयातभन्दा बढी भएको र देशभित्र खपत पनि तीन गुणाले बढेको तथ्य समेत प्रस्तुत गरेका छन्।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया