समाचार सुन्नुहोस :
काठमाडौँ – मुम्बई अपराध महाशाखाले अन्धेरी क्षेत्रबाट लरेन्स ग्याङका पाँच सदस्यलाई पक्राउ गरेको छ। उनीहरूबाट सातवटा पेस्तोल र ठूलो संख्यामा गोली बरामद गरिएको छ। प्रहरीका अनुसार, उनीहरूले कुनै सेलिब्रेटीलाई निशाना बनाउन गइरहेको आशंकामा पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा शनिबार अपराध महाशाखाको टोलीले अपरेशन चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको बताएको छ। हतियारको प्रयोजनबारे अनुसन्धान जारी रहेको छ।
पक्राउ परेका व्यक्तिहरूमा विकास ठाकुर उर्फ विक्की, सुमित कुमार दिलावर, श्रेयस यादव, देवेन्द्र सक्सेना र विवेक गुप्ता रहेका छन्। उनीहरू राजस्थान, बिहार र उत्तर प्रदेशका बासिन्दा भएको खुलेको छ। यो ग्याङमा विशेषगरी, सुमित कुमार र विकास पूर्वदेखि नै आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको छ।
हालै बलिउड अभिनेता सलमान खानलाई लरेन्स ग्याङबाट धम्की आइरहेको थियो। यस्तो अवस्थामा गिरोहका पाँच सदस्यसहित हतियार बरामद हुनुले सलमान खानको सुरक्षासम्बन्धी चिन्ता झन् बढाएको छ।