समाचार सुन्नुहोस :
काठमाडौँ – थाइल्यान्डमा जारी बिम्स्टेक को छैटौं शिखर सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार, शिखर सम्मेलनकै क्रममा दुवै नेताबीच शुक्रवार साइडलाइन वार्ता तय भएको हो।
सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली हाल थाइल्यान्डमा छन्। भारतीय प्रधानमन्त्रीले पनि सम्मेलनमा भाग लिँदैछन्। शिखर सम्मेलनका दौरान दुई मुलुकका प्रधानमन्त्रीबीच शुक्रवार साइडलाइन वार्ता हुने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।
यसै क्रममा, प्रधानमन्त्री ओलीले हिजो बुय्धाबर थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्रासँग भेटवार्ता गरेका थिए। उक्त बैठकमा दुई देशबीच सहकार्य विस्तार गर्न विभिन्न सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ।