Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डका उद्योगी व्यवसायीहरूसँग छलफल गर्दै नेपालमा लगानीको आह्वान गरेका छन्। उनले नेपाल-थाइल्यान्डबीच लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रहिआएको बताए। नेपाल र थाइल्यान्ड कहिल्यै उपनिवेश नभएका स्वतन्त्र राष्ट्र हुन्। नेपाल गरिबी उकास्ने प्रयासमा अघि बढिरहेको छ, भने थाइल्यान्डले प्रविधि र समृद्धिमा उल्लेखनीय प्रगति गरेको छ।

प्रधानमन्त्री ओलीले थाइल्यान्डले सिकेको ज्ञान, सीप र प्रविधि नेपालमा भित्र्याए समृद्धि हासिल गर्न सकिने उल्लेख गरेका छन्। उनले नेपालमा अहिले लगानीको वातावरण पनि बनेको र लगानीको सुरक्षाका लागि सरकारले हदैसम्म लचिलो भएको र त्यसअनुरुप कानुन पनि संशोधन गरेको विषयमा पनि जानकारी गराए। उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार थाइल्यान्डका व्यवसायीहरू नेपालका शिक्षा, स्वास्थ्य, प्रविधि, तथा कृषि क्षेत्रमा लगानी गर्न इच्छुक छन्।

नेपाल-थाइल्यान्डबीच पर्यटनको राम्रो सम्भावना रहेको छ। बौद्धमार्गी देश भएकाले थाइ पर्यटक बुद्ध जन्मस्थल लुम्बिनीमा आकर्षित हुने क्रम बढेको छ। यसले पर्यटनबाट थप लगानी भित्र्याउने अवसर प्रदान गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया