एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
समाचार सुन्नुहोस :
काठमाडौँ – मलेसियामा ११ महिनाअघि हत्या गरिएकी नवलपरासीकी तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ। २५ वर्षीया तिलमाया रोजगारीका लागि मलेसिया गएकी थिइन्। उनको हत्या पाकिस्तानी नागरिकले गरेको थियो। हत्याको अनुसन्धान नसकिएको भन्दै मलेसियाबाट शव नेपाल पठाउन ढिलाइ भएको थियो।
तिलमायाकी ७० वर्षीया आमा धनमायाले शव नेपाल ल्याउन विभिन्न निकायमा धाए पनि प्रक्रिया ढिलो भएको थियो। सुरक्षित आप्रवासन केन्द्रका रञ्जना लम्सालका अनुसार, शव ल्याउन ढिलाइ हुँदा परिवारले पाएको दुःखबारे समाचार प्रकाशन भएपछि यसले प्राथमिकता पाएको हो। शव बोकेको विमान सोमबार काठमाडौं आउने छ। शव बुझ्न तिलमायाकी दिदी नीलमाया काठमाडौं आइपुगेकी छिन्। शव ल्याउँदाको खर्च मलेसियन कम्पनीले बेहोर्ने छ। शव सोमबार नै नवलपरासी पुर्याइने बताइएको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।