समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नो जीवनीमा आधारित पुस्तक ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ को बिक्रीबाट एक महिनामै एक करोड रूपैयाँ आम्दानी गरेका छन्। यस पुस्तकको बिक्रीबाट भएको आय वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि खर्च गरिने उनले घोषणा गरेका छन्।
सामाजिक सञ्जालमा एक पोस्ट मार्फत पुनले आफ्नो पुस्तक बिक्रीबाट मासिक रूपमा ७० लाखदेखि १ करोड रूपैयाँसम्म आम्दानी गरिरहेको जानकारी दिएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, “किताब बेचेर सरदर महिनाको रु. ७० लाखदेखि १ करोड रूपैयाँसम्म पो कमाइ हुन्छ हाउ,” भन्दै उनी खुसि देखिएका छन्।
महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर वैज्ञानिक अध्ययन तथा अनुसन्धानमा सक्रिय भूमिका खेलिरहेका छन्। उनले वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्य राखेर उनले आफ्नो आत्मकथा पुस्तक प्रकाशन गरेका हुन्।