Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरूको प्रदर्शनविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने बताएका छन् । आइतबार पूर्वराजा पोखराको एक महिने बसाइपछि काठमाडौँ फर्किदा उनका समर्थकले काठमाडौँमा गरेको स्वागत र प्रदर्शनलाई लिएर प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले भने, ‘व्यवस्थामाथि धावा बोल्न, भ्रष्ट र दलालहरू विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेका छन् । यसखाले सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो यसमा हामी कतै बिचलित हुने छैनौं ।’ अध्यक्ष प्रचण्डले राजनीति परिवर्तनमा उत्पीडित समुदायको ऐतिहासिक र निर्णायक भूमिका रहेको स्पष्ट गर्दै जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलो पटक धारणा तय गरेको जानकारी दिए ।

अध्यक्ष प्रचण्डले कहिले एमाले र कांग्रेससँगै गठबन्धन गर्दा उनीहरूको रोग सरेकोले अब त्यो गल्ती नगर्ने प्रतिवद्धतासहित जनतासँग माफी मागेर मैदानमा आएको बताएका छन् । आज बुटवलमा मगर मुक्तिमोर्चाको छैटौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अब त्यो गल्ती नदोहोराउने र विगतमा मजदुर किसानसँग केही सम्बन्ध कमजोर भएकोले अब त्यसलाई सुधारेर जाने तर हिंसात्मक होइन शान्तिपूर्ण अभियान चलाउने जनाए ।

‘सदन र सडकबाट भण्डाफोर अभियानमा छौं, तर रौतहटमा आउँदा सरकारको गलत क्रियाकलापले इतिहासबाट परास्त समूहले चुनौती दिएकाले काठमाडौं गएर विरोध गरेका छौं’ उनले भने, ‘अहिलेको सबै अधिकारको जननी माओवादी हो, त्यसका रक्षा गर्ने जिम्मेवारी पनि हो, धमिलो पानीमा माछा मार्ने चलखेल सफल हुँदैन, दलालको इशारामा सरकारले जनतालाई सताउन दिँदैनौ’ उनले सरकारविरूद्ध कडा आलोचना गरे ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया