Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिकाहरूलाई परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको बताएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मंगलबार पार्टीको युवा संगठन वाईसीएल नेपालको कार्यक्रममा अध्यक्ष प्रचण्डले क्रान्तिपछि आउने प्रतिक्रान्ति रोक्ने जिम्मा पनि क्रान्तिकारीकै हुने बताए । फेरि एकपटक प्रतिक्रान्तिकारीविरुद्ध प्रतिरोधको जिम्मा माओवादी र वाईसीएलको काँधमा आएको उनको भनाइ छ ।

‘विश्व क्रान्तिका विभिन्न परिघटनामा क्रान्तिपछि जनताले अस्वीकार गरेका र वैधानिकरूपमा जनताले मिल्काइसकेका शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु अस्वाभाविक होइन । यस्ता प्रयासका विरुद्ध अझ बढी संगठित र सशक्त भएर उनीहरूलाई पूर्णरूपमा परास्त गर्नु क्रान्तिकारीहरूको दायित्व हो ।’

अध्यक्ष प्रचण्डले फालिएको राजतन्त्रको पक्षमा देखिएका गतिविधि प्रतिक्रान्तिकै स्वरूपमा अत्याउँदै प्रतिक्रान्तिकारीले शिर उठाउनुमा सरकारको भूमिका जिम्मेवार रहेको बताए । प्रतिक्रियावादी शक्तिहरूसँग आवश्यकताभन्दा बढी सहकार्य र सम्झौता गर्दा जनतामा भ्रम परेको र परिवर्तनका मुद्दा पनि कार्यान्वयन हुन नसक्दा केही मानिस पूर्वराजाको स्वागतमा निस्किएको उनको भनाइ छ ।

त्यसलाई रोक्न आफ्नो पार्टीले पनि विगतका कमी कमजोरी सच्याउँदै जनतामुखी भएर नयाँ अभियान थालेको उनले बताए । ‘पार्टीले गत केन्द्रीय समिति बैठकबाट गम्भीर आत्मसमीक्षा गरेर आफ्नै वर्ग र समुदायतर्फ फर्कने प्रक्रिया सुरु गरेको छ । जनतासँग माओवादी अभियान सुरु भइसकेको छ, यसको अग्रमोर्चामा युवाहरूलाई नै राखिएको छ,’ प्रचण्डले भने, ‘वाईसीएलले पनि देशव्यापी लाखौँ युवाहरूलाई तम्तयार अवस्थामा राख्नुपर्ने अवस्था छ ।’

तपाईको प्रतिक्रिया