Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

समाचार सुन्नुहोस :

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हालै सम्पन्न राजावादी प्रदर्शनमा भारतीय नेता योगी आदित्यनाथको फोटो प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राखिएको दाबी गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत शाहीले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीका सल्लाहकार विष्णु रिमालको संलग्नतामा उक्त फोटो प्रदर्शनमा राखिएको आरोप लगाए। उनका अनुसार, प्रधानमन्त्रीकै निर्देशनमा रिमालले सो कार्य गराएका हुन्।

‘फोटो कतै मिडियामा आउन पाको छैन, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले पहिले फेसबुकमा कसरी राखे? आन्दोलन कहाँ छ भन्नेकुरा कसरी थाहा भयो?,’ शाहीले भने,’ यो सबै उनीहरूको डिजाइन हो। आफै लगाएर खिचे अनि राखे।’ साथै, उनले विदेशी एजेन्डा र सिद्धान्तमा पार्टी चलाउनेहरूले राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न त्यस्तो कुकर्म गरिएको भन्दै सोको विरोधसमेत गरेका छन्।

हिजो पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा बसाईपछि काठमाडौं फर्किएका थिए। उनको स्वागतका लागि राप्रपाको निर्देशनमा राजावादीहरू त्रिभुवन विमानस्थलमा पुगेका थिए। सोही क्रममा भीडमा योगी आदित्यनाथको फोटो पनि देखिएको थियो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया