Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – पोर्चुगलका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई २४ घण्टे स्पष्टीकरण बुझाएका छन् । तर, उनले मन्त्रालयलाई पत्र पठाउनुअघि नै सामाजिक सञ्जालमार्फत आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आइतबार मन्त्रालयले लिखित स्पष्टीकरण मागेपछि बास्तोलाले फेसबुकमै सरकारलाई चुनौती दिने शैलीमा जवाफ दिएका छन् । उनले लेखेका छन्, ‘देशमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र अहिलेको आवश्यकता हो । म देशमा राजसंस्थाको पक्षधर हुँ । राजा र धर्मको समर्थन गर्दा तिमीहरूलाई आपत्ति छ भने तिम्रो पद तिमी नै राख । जुन दिन देशमा राजतन्त्र पुनः स्थापना हुन्छ, त्यो दिन जिम्मेवारी लिन्छु । तिमीहरूको भ्रष्ट सरकारमा यो कागजी पदमा बस्न मलाई कुनै इच्छा छैन । मेरो स्पष्टीकरण यही हो ।’

बास्तोलाले आफूले नेपाल सरकारको पर्यटन प्रवर्द्धक भएबापत कुनै पनि सरकारी सुविधा नलिएको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘मैले यो पद लिएबापत सरकारको एक रुपैयाँ पनि लिएको छैन । कुनै आर्थिक लाभ उठाएको छैन । बरु आफ्नै खर्चमा यहाँ पोस्टर बनाएर हुन्छ कि एयरपोर्टमा महँगो शुल्क तिरेर पोस्टर ल्याएर हुन्छ, प्रचार गरेको छु ।’

पूर्व राजा ज्ञानेन्द्र शाहको ‘श्री ५ महाराजाधिराज सरकारको शुभकामना सन्देशको स्वागत तथा ऐक्यबद्धता’ जनाउँदै विज्ञप्ति जारी गरेपछि मन्त्रालयले बास्तोलासँग लिखित स्पष्टीकरण मागेको थियो ।

तपाईको प्रतिक्रिया