काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । पोखराबाट आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
विमानस्थलबाट बाहिरिने क्रममा उनले विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गरेका छन् । पूर्वराजालाई स्वागत गर्न ठूलो संख्यमा उनका समर्थक विमानस्थलको मुख्यद्वारा अगाडि भेला भएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायतका नेता उनलाई स्वागत गर्न पुगेका थिए । पूर्वराजा शाहको स्वागतका निम्ति पुगेका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् ।
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीसित उनीहरूको धकेलाधकेल समेत भएको छ । समिट एयरको ९एन-एकेजेड कलसाइन चार्टर्ड उडानमार्फत पूर्वराजा शाह काठमाडौं आएका हुन् ।
samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.