Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – चार्टर विमानमार्फत अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फर्काइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरुलाई नियन्त्रणमा लिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रारम्भिक सोधपुछका क्रममा उनीहरुले अमेरिका पुग्न १२ विभिन्न देशका सीमा अवैध रूपमा पार गरेको खुलासा गरेका छन् । ब्युरोका अनुसन्धान अधिकृतका अनुसार ती नेपालीहरुले अमेरिका पुग्न ५० लाखदेखि १ करोड रुपैयाँसम्म खर्च गरेको बताएका छन् । प्रहरी स्रोतका अनुसार फर्काइएकामध्ये रुकुम पूर्वका दुई, रोल्पाका एक, दाङका तीन र डोटीका एक जना रहेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरका अनुसार ती नेपाली बढीमा १० महिना र थोरैमा ५ महिना अमेरिका बसेका थिए । अमेरिका प्रशासनले उनीहरुलाई अध्यागमन हिरासतबाट न्यू ह्याम्पशायर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुर्‍याएको थियो । त्यसपछि उनीहरुलाई अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याइएको थियो ।

अल्बानियामा रहँदा उनीहरुलाई हत्कडी लगाइएको बताइएको छ । ब्युरोले गरेको सोधपुछमा ती नेपालीहरुले आफूखुशी अमेरिका पुगेको स्वीकारेका छन् । सोधपुछपछि कसैले उजुरी दर्ता नगरेको ब्युरोले जनाएको छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया