समाचार सुन्नुहोस :
काठमाडौँ – दशरथ रंगशालामा दर्शक पिटिएको घटनाबारे संसद्मा प्रश्न उठेको छ। बुधबार प्रतिनिधि सभामा राप्रपाका प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीले उक्त घटनालाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन्।
शाहीले फागुन १९ गते प्रधानमन्त्रीको नाममा खेलकुद प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै सो क्रममा दर्शकमाथि भएको दुर्व्यवहारबारे प्रश्न उठाए। उनले दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। साथै, उनले प्रजातन्त्र र लोकतन्त्रको मर्मविपरीत यस्ता घटनाहरू हुनु गम्भीर विषय भएको बताए।
‘दर्शक दिर्घामा बसेका मान्छेले बोल्यो भन्दै प्रधानमन्त्रीकै पार्टीका बिल्लाधारी मान्छेहरूले मान्छे कुट्ने र प्रहरी पीडितलाई बचाउनुको सट्टा कुट्न सघाउने वाह–वाह गृहमन्त्रीज्यू, वाह–वाह प्रधानमन्त्रीज्यू यो तम्रो कस्तो लोकतन्त्र ? यो तम्रो कस्तो प्रजातन्त्र ?,’ शाहीले भने ।