समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्ना सांसदहरूलाई बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ। संसद्मा सरकारद्वारा प्रस्तावित विभिन्न पाँच अध्यादेश पारित गर्नुपर्ने भएकाले दुवै दलले ह्विप जारी गरेका हुन्।
बुधबार दिउँसो १ बजे बस्ने बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, तथा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, २०८१’ पारित गरिने छ। साथै, सरकारले ‘सहकारीसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, २०८१’ र ‘सुशासन प्रवद्र्धनसम्बन्धी अध्यादेश, २०८१’ पनि संसद्मा पेस गर्ने तयारी गरेको छ।