Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)विरुद्ध कडा प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै बालेनले सामाजिक सञ्जालमा स्टाटस लेखेपछि पाठकले त्यसको प्रतिउत्तर दिएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मन्त्री पाठकले आफ्नो फेसबुक स्टाटसमार्फत बालेनको नेतृत्व क्षमतामाथि प्रश्न उठाएका छन् । उनले बालेनले नियम र कानुनअनुसार अघि बढ्नुपर्ने सन्देश दिँदै उनको शैलीमाथि आलोचना गरेका छन् । बालेनले सरकारतर्फ असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लेखेपछि पाठकले उनलाई ‘यथार्थमा आधारित भएर अघि बढ्न’ सुझाव दिए ।

उनले लेखेका छन्, ‘यथेष्ट प्रमाण जुटाएर प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्न नसक्ने, छानबिन समितिको प्रतिवेदन लुकाउने, बहालवाला प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेश गर्न नदिने अनि कार्यकारी पठाएन भनेर प्रधानमन्त्रीमाथि आक्रोश पोख्नेरु के हो बालेन भाइ, तिम्रो पारा ?’

पाठकले बालेनलाई नियमको परिधिभित्र रहेर काम गर्न आग्रह गरे । उनले थपे, ‘हामी पनि कार्यकारी ठाउँमै बसेर काम गरिरहेका छौँ । नियम, कानुन र कार्यविधि भन्दा माथि कोही हुँदैन र तिमी पनि छैनौ ।’

स्वास्थ्यमन्त्री पाठकले बालेनको काम कारबाहीमाथि गम्भीर टिप्पणी गर्दै काठमाडौं महानगरपालिकाले पुँजीगत खर्चको सही उपयोग गर्न नसकेको आरोप लगाए । ‘चार भागको एक भाग पनि पुँजीगत खर्च गर्न नसक्नेका कुरै चर्का ! तिम्राजस्ता चर्का कुरा अरूलाई पनि गर्न आउँछ भन्ने हेक्का राख भाइ,’ उनले भने ।यसअघि पनि पाठक विभिन्न विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आएका थिए । विशेषगरी क्रिकेटर सन्दीप लामिछानेको मुद्दासम्बन्धी टिप्पणीपछि उनी विवादमा परेका थिए ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया