समाचार सुन्नुहोस :
वर्गीकृत विज्ञापन
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
काठमाडौँ – काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्ने व्यक्तिलाई कडा कारबाही गर्ने निर्णय गरेको छ। अब सडक, फुटपाथ वा अन्य सार्वजनिक क्षेत्रमा फोहर फालेमा न्यूनतम रु ५,००० देखि अधिकतम रु १५,००० सम्म जरिवाना लगाइने छ।
कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार अव्यवस्थित फोहरले वातावरण प्रदूषित गर्ने र जनस्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले यसलाई पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। यदि कसैले कामपाको निर्देशिका उल्लंघन गरेमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कारबाही हुने चेतावनी दिइएको छ।
साथै, महानगरले फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ३२ वटै वडालाई छवटा क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रमा एक ट्रान्सफर स्टेशन निर्माण गर्ने योजना बनाएको छ। ती केन्द्रबाट फोहर अन्तिम रूपमा बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा लैजान व्यवस्था मिलाइने छ।
कामपाले स्रोतमै फोहर वर्गीकरणलाई अनिवार्य बनाउने नीति लिएको छ। हाल ६ वटा वडामा यो प्रक्रिया लागू भइसकेको छ भने छिट्टै अन्य वडामा पनि कार्यान्वयन गरिने छ। काठमाडौं उपत्यकाबाट दैनिक १,६०० मेट्रिक टन फोहर निस्कने गरेको छ, जसको व्यवस्थापनका लागि महानगरले नयाँ संरचनाहरू निर्माण गर्दैछ।