टोकियो – बागलुङ समाज जापानको हालै पाँचौ अधिवेशन टोकियोमा सम्पन्न भएको छ । अधिवेशनले गुरुप्रसाद सापकोटाको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति गठन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजु केसी, उपाध्यक्षहरुमा बिष्णु सापकोटा, रामु खत्री, अशोक शर्मा गोपाल र बिना खड्का चयन हुनुभएको छ भने महासचिबमा सचिन आचार्य, सचिवद्वयमा दिपक कँडेल (सफल) र बिनम्र खत्री, कोषाध्यक्षमा केशव सुबेदी र सहकोषाध्यक्षहरुमा पवन क्षेत्री, प्रकाश आचार्य र कृष्ण कँडेल चयन हुनुभएको छ । यसैगरी महिला संयोजकमा रोशनी पन्त, युवा तथा खेलकूद संयोजकमा बसन्त थापा चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा निराजनबम मल्ल, भक्त हमाल, गोबिन्द के.सी., झपिन्द्र खत्री, हरिप्रसाद सापकोटा, चतुर्भुज सापकोटा, कमलेश जिसी, गोबिन्दप्रसाद पौडेल, बसन्तबहादुर क्षेत्री, मिनबहादुर श्रीस, जानु कँडेल र नारायण पाठक रहनुभएको छ ।
समाजका अध्यक्ष यामलाल कँडेलको सभापतित्वमा भएको अधिवेशनको प्रमुख अतिथिमा गण्डकी प्रदेशका सांसद लिलबहादुर थापा र विशेष अतिथिमा पूर्व संघीय सांसद डा. सूर्य पाठक लगायत रहनुभएको थियो । स्मरण रहोस् जापानमा बागलुङ जिल्लाबासीहरुको संख्या अग्रपंत्तिमा रहेको छ भने करिव दर्जन जति जिल्ला अन्तर्गतमा संघसंस्थाहरु जापानमा क्रियाशील छन् ।