Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – गत फागुन ७ गते अर्थात १९ फेब्रुअरीका दिन जापानको राजधानी टोकियोमा हर्षोल्लासका साथ राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ । नेपाल-जापान साँस्कृतिक महोत्सवकारुपमा मनाईएको राष्ट्रिय प्रजातन्त्र दिवस समारोह जापानस्थित नेपाली राजदूतावासको आयोजनामा भएको हो ।  जापानी कलाकारहरुको एक समुहद्वारा गाईएको नेपाल र जापानको राष्ट्रियगानबाट राष्ट्रिय प्रजातन्त्र दिवस विशेष साँस्कृतिक महोत्सव सुरु भएको थियो । सो समारोहलाई सम्बोधन गर्दै जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले आगामी वर्ष नेपाल र जापान सम्बन्धको ७० औं वर्षगांठ हुन गईरहेको पूर्वसन्ध्यामा नेपाल-जापान साँस्कृतिक महोत्सव सहित राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन पाउनु खुशीको विषय भएको बताउनुभयो । राजदूत डा. सुबेदीले नेपालमा प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरुप्रति उच्च सम्मान ब्यक्त गर्दै जापानबासी नेपालीहरु र दूतावासको तर्फबाट हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्नुभयो । यसैगरी उहाँले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा समस्त नेपाली तथा जापानी मित्रहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।

प्रजातन्त्र दिवस विशेष नेपाल-जापान साँस्कृतिक महोत्सव समारोहमा उत्साहजनक नेपाली तथा जापानीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली तथा जापानी कलाकारहरुले आ-आफ्नो देशको विविधता झल्किने साँस्कृतिक एवम् साँगीतिक प्रस्तुती दिएका थिए । जसमा जापानमै रहेका कलाकारहरुका साथै साँगीतिक भ्रमणकाक्रममा हाल जापानमा रहेका वरिष्ठ गायक आनन्द कार्कीको विशेष आकर्षण रहेको थियो ।

मेगुरो कुमिन सेन्टरमा भएको सो कार्यक्रममार्फत नयाँ शैलीको प्रयोग सहित सकारात्मक सन्देश प्रवाह भएको सहभागीहरुको प्रतिक्रिया थियो । आसनग्रहण, बक्ताहरुको मन्तब्य जस्ता विषयलाई कटौती गर्दै समयको बचत गरिएकोमा धेरैले प्रशंसा गरेका थिए । यसैगरी नेपाल र जापान दुई देशका साँगीतिक तथा साँस्कृतिक विविधतामा आधारित प्रस्तुतीबीच कुशल ढंगले गरिएको तालमेल र समायोजनले निकै चर्चा पाएको थियो । उक्त कार्यक्रम मार्फत दूतावासले कार्यक्रमहरु संभवभएसम्म जापानीहरुसंग मिलेर संयुक्तरुपमा गर्न सके दुई देशबीचको सम्बन्धलाई नागरिकस्तरसम्म बिस्तार गर्न मदत पुग्ने सन्देश प्रवाह गरेको अर्थमा लिईएको छ । कार्यक्रमको सञ्चालन यशोदा बस्नेत थापाले गर्नुभएको थियो ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया