टोकियो – जापानमा नेफिन साँस्कृतिक महोत्सव-२०२५ को आयोजना हुने भएको छ । नेपाल आदिबासी जनजाती महासंघ (NEFIN) जापानको आयोजनामा आगामी अप्रिल १९ तारिख शनिबार ४ बजेदेखि मेगुरो कुमिन सेन्टर टोकियोमा उक्त महोत्सव हुने भएको हो ।
नेपाली राजदूतावास टोकियोको बिशेष सहयोग तथा एनआरएन जापानको सहयोगमा हुन गईरहेको उक्त महोत्सवका सह-आयोजकहरुमा थकाली सेवा समिति जापान, तमु धि जापान, नेपाल मगर संघ जापान, शेर्पा संघ जापान, नेपाल तामाङ समाज जापान, किरात याक्थुङ चुम्लुङ जापान, किरात राई यायोक्खा जापान, नेवाः खल जापान र थारु कल्याणकारिणी सभा जापान रहेका छन् ।
एनआरएन आइसीसीका उपाध्यक्ष रविन शेरचनको मुख्य प्रायोजन र जापान मनि एक्सप्रेसको प्रायोजन रहने सो कार्यक्रमको इभेन्ट पार्टनरमा हिकारी कम्पनी लिमिटेड रहने भएको छ ।
विभिन्न जनजातिको झाँकी तथा साँस्कृतिक प्रस्तुति रहने उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरुको प्रमुख आकर्षण रहने साँस्कृतिक महोत्सव मूल समारोह समितिका अध्यक्ष हवलचन्द्र लामाले समुद्रपारिलाई जानकारी दिनुभयो ।